प्राकृतिक वनस्पति घट्दा ब्राजिलमा एल निनोको प्रभाव बढ्ने जोखिम
ratopati.com · Wed Aug 12 13:20:26 GMT 2026

काठमाडाैँ। ब्राजिलले पछिल्ला चार दशकमा फ्रान्सको क्षेत्रफलभन्दा दोब्बरबढी प्राकृतिक वनस्पति गुमाएको छ। प्राकृतिक वनस्पति घट्दा एल निनोका कारण हुने खडेरी, बाढी र डढेलोजस्ता चरम मौसमी घटनाको प्रभाव बढ्न सक्ने बुधबार सार्वजनिक अध्ययनले देखाएको छ।
जुनमा पुष्टि भएको एल निनो वर्षको अन्त्यतिर थप तीव्र हुने अनुमान गरिएको छ। यसका कारण ब्राजिलका विभिन्न क्षेत्रमा चरम मौसमको जोखिम बढ्ने अपेक्षा गरिएको छ। वातावरणीय अनुगमन संस्था म्यापबायोमासले आफ्नो वार्षिक भूमि उपयोगसम्बन्धी अध्ययनमा चार दशकअघि ब्राजिलको कुल भू–भागको ७९ प्रतिशत हिस्सा प्राकृतिक वनस्पतिले ढाकेकोमा अहिले यो घटेर ६५ प्रतिशतमा सीमित भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)