कङ्गोमा इबोला भाइरसबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो
nepaltvonline.com · Wed Aug 12 13:40:22 GMT 2026

एजेन्सी- लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमणको कारण दुई हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ । यसको प्रकोप तीन महिना पहिले घोषणा गरिएको थियो ।
अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै पछिल्लो तीन हप्तामा कम्तिमा एक हजार जनाको मृत्यु भएको जनाएको छ भने भाइरस खतरनाक दरमा फैलिरहेको उल्लेख गरेको छ । मङ्गलबारसम्म कङ्गोका पाँच प्रान्तमा चार हजार ३८१ जनामा इबोला सङ्क्रमण पुष्टि भएकोमा दुई हजार ११ जनाको मृत्यु भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)