नेदरल्यान्ड्सले दिएन तीन जना रुसी जिम्न्यास्टलाई भिसा
kendrabindu.com · Wed Oct 14 03:06:41 GMT 2026
मस्को । नेदरल्यान्ड्सले विश्व च्याम्पियन एन्जेलिना मेल्निकोभासहित तीन रुसी जिम्न्यास्टिक खेलाडीलाई भिसा दिन अस्वीकार गरेको छ । यससँगै उनीहरू अर्को साता रोटरड्याममा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन नपाउने रुसी जिम्यास्टिक महासंघले मंगलबार जानकारी दिएको छ ।
रुसी जिम्न्यास्टिक महासंघले उक्त निर्णयको कडा आलोचना गर्दै यसलाई ‘भेदभाव र समान प्रतिस्पर्धाका सिद्धान्तको उल्लंघन’ भनेको छ । महासंघले डच अधिकारीहरूमाथि प्रतियोगिताबाट सबैभन्दा बलिया जिम्न्यास्टहरूलाई जानाजानी बाहिर राख्न खोजेको आरोपसमेत लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)