मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभा निर्वाचनः गठबन्धनभित्र कांग्रेसको १३ सिटमा दाबी

rajdhanidaily.com · Sun Jan 07 01:06:17 GMT 2024

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन सन्दर्भमा सत्तारूढ गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले आफ्ना लागि १३ सिट दाबी गरेको छ र सबैलाई सिट बाँडफाँट गर्न नसकिने तर्क राखेको छ । कांग्रेस अहिलकै अवस्थामा चुनावमा जाँदा एक्लाएक्लै लड्दा १९ सिटमध्ये १७ सिट जित्ने निश्चित छ । त्यसैले, पनि कांग्रेसले आफूले धेरै सिट राख्न चाहेको हो ।

२१ फागुनबाट राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकिँदै छ । जसमध्ये १९ जना निर्वाचित र एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । १९ सदस्य चयन गर्न माघ ११ गते निर्वाचन हुनेछ । निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)