रामदानको अवसरमा ३३ नेपालीलाई क्षमादान दिएकोमा साउदीलाई नेपाल सरकारको धन्यवाद
shilapatra.com · Tue Jun 30 10:56:07 GMT 2026

साउदी अरबका विभिन्न जेलमा रहेका ३३ नेपालीलाई साउदी अरब सरकारले क्षमादान दिएपछि नेपाल सरकारले धन्यवाद भनेको छ । रामदानको अवसरमा दिइएको क्षमादानमा को को नेपाली परे भनेर परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।
तर, क्षमादान दिएकोमा भने औपचारिक विज्ञप्ति जारी गरेर धन्यवाद दिएको छ । मंगलबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्षमादान गरिएका व्यक्तिहरू क्रमशः नेपाल आउने भन्दै साउदी अरबले क्षमादान दिनुले दुई देशको मित्रता, सद्भाव र मित्रवत् दुई देशको सम्बन्धले काम गरेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)