'छिमेकी मुलुकसँगको सम्बन्धलाई बदलिँदो विश्व परिवेशअनुसार नयाँ ढङ्गले परिभाषित गर्नुपर्छ'
ratopati.com · Wed Aug 12 14:12:20 GMT 2026

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश तथा संविधान निगरानी समूहका अध्यक्ष कल्याण श्रेष्ठले नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकसँगको सम्बन्धलाई बदलिँदो विश्व परिवेशअनुसार नयाँ ढङ्गले परिभाषित गर्नुपर्ने बताएका छन्। उनले भारत र चीनसँगको सम्बन्धमा परम्परागत रूपमा प्रयोग हुँदै आएको ‘सन्तुलन’को अवधारणाभन्दा नेपालको राष्ट्रिय हित र प्रत्येक मुलुकको विशिष्टतालाई आधार बनाएर कूटनीति सञ्चालन गर्नुपर्नेमा जोड दिए।
नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा बुधबार आयोजित ‘नेपालको परराष्ट्र नीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक संवाद कार्यक्रममा बोल्दै श्रेष्ठले नेपाल सबै मुलुकका लागि समान भए पनि सबै मुलुकसँगको सम्बन्ध एउटै ढाँचामा सञ्चालन गर्न नसकिने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)