हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, अर्बौँ लगानी रोकिँदा रियल स्टेट संकट गहिरिँदै
aarthiknews.com

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी अस्पष्टताका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा करिब २ हजार घर, फ्ल्याट तथा घडेरीको स्वामित्व हस्तान्तरण रोकिएको छ । घरजग्गा तथा आवास विकास कम्पनीले निर्माण गरी बिक्री सम्झौता गरिसकेका सम्पत्तिसमेत खरिदकर्ताको नाममा पास हुन नसक्दा व्यवसायी, खरिदकर्ता र बैंकिङ क्षेत्र तीनै पक्षमा दबाब बढेको छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हदबन्दीसम्बन्धी विद्यमान कानुनी व्यवस्था र त्यसको कार्यान्वयनमा देखिएको अन्योलका कारण रियल स्टेट क्षेत्र इतिहासकै कठिन अवस्थाबाट गुज्रिरहेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)