फ्रान्सको जितमा ओलिसको ह्याट्रिक
kendrabindu.com · Tue Jun 09 01:10:54 GMT 2026

काठमाडौं । माइकल ओलिसको ह्याट्रिकको मदतले फ्रान्सले लिलमा भएको विश्वकप २०२६ अगाडिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा उत्तरी आयरल्यान्डलाई सोमबार ३–१ ले हराएको छ । प्रशिक्षक डिडिएर डेसक्याम्पका लागि फ्रान्सेली भूमिमा यो अन्तिम खेल पनि रहेको छ ।
विश्वकपको समाप्तीसँगै उनले प्रशिक्षकको जिम्मेवारी छोड्दै छन् । डेसक्याम्प पछिल्लो १४ वर्षदेखि फ्रान्सेली टिमका प्रशिक्षक रहेका छन् । ओलिसले भने ४३, ४९ र ७४ औं मिनेटमा गोल गरे । उत्तरी आयरल्यान्डका लागि प्याट्रिक केलीले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ