तनहुँलाई चार अर्ब ५६ करोड अनुदान
gorkhapatraonline.com · Tue Jun 09 01:11:52 GMT 2026

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारले वित्तीय हस्तान्तरण मार्फत तनहुँका स्थानीय तहलाई चार अर्ब ५६ करोड बढी रुपियाँको बजेट सुनिश्चित गरिदिएको छ ।
जिल्लाको विकास निर्माण, पूर्वाधार विकास र प्रशासनिक सञ्चालनलाई थप सुदृढ बनाउन सङ्घीय सरकारबाट तनहुँका १० वटा स्थानीय तहले कुल ४ अर्ब ५६ करोड ५६ लाख ४७ हजार रुपियाँ अनुदान प्राप्त गरेका हुन् । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको अन्तर–सरकारी वित्तीय हस्तान्तरणसम्बन्धी विस्तृत विवरण अनुसार जिल्लाका ४ नगरपालिकाको खातामा २ अर्ब ६३ करोड ४५ लाख रुपियाँ र ६ गाउँपालिकाको खातामा १ अर्ब ९२ करोड १२ लाख रुपियाँ अनुदान बजेट विनियोजन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)