छेपारे पहिरोकोे पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’
nepalpress.com · Wed Oct 14 04:03:25 GMT 2026

म्याग्दी । बेनी नगरपालिका–३ छेपारेका १६ वर्षीय पुजन र १४ वर्षीय जीवन विश्वकर्माको आँखाबाट आँसु ओभाएका छैनन् । असोज ११ गते बिहान घरसँगै पहिरोमा पुरिएर बेपत्ता भएकी आमा कुमारी वली विश्वकर्माको सम्झनाले उनीहरूलाई दिनरात पिरोलिरहेको छ । आमाको शवसमेत फेला नपरेपछि २६ असोजमा कुशको शव बनाएर दाहसंस्कार गरियो । अहिले दुवै दाजुभाइ आमाको किरियामा छन् ।
परिवारको सुखद भविष्यको सपना बोकेर दुई वर्ष छ महिना प्रयासपछि दुई महिनाअघि मात्रै रोजगारीका लागि ग्रिस पुगेका कुमारीका श्रीमान् ओमबहादुर विकले पत्नीको अन्तिम अनुहारसमेत देख्न पाएनन् । दुई छोराले आमाको माया गुमाए । परिवारको सहारा बनेकी कुमारीको निधनले घरपरिवारलाई मात्रै होइन, सिङ्गो बस्तीलाई शोकमा डुबाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)