गौर हत्याकाण्डको कारण र परिणाम
rajdhanidaily.com · Sat Aug 12 22:58:32 GMT 2023
गौर हत्याकाण्ड भएको १७ वर्षपछि माओवादी नेतृत्वको सरकारले छानबिन गरेर दोषीलाई सजाय दिने भएछ । यसले मधेसवादी दलमा खैलाबैला चलेको देखिन्छ । गौर हत्या आजको मानव सभ्यतालाई लज्जित गर्ने बर्बर काण्ड थियो । यस्तो जघन्य अपराध कुनै पनि बाहनामा हुनुहँुदैन र भयो भने न्यायको कठघरामा ल्याएर सजायको भागिदार बनाउनु राज्यको मूल दायीत्व हो । त्यसो हुनाले दोषीले सजाय पाउनै पर्छ ।
तर, गत ३० वर्ष यता भएको जघन्य हत्या यो नै मात्र हो त ? माओवादी सशस्त्र विद्रोह सुरु भएपछि योभन्दा पनि जघन्य र बर्बर हत्याकाण्ड एक होइन अनेक भएका छन् । बाँदरमुढेमा यात्रु बसमा काखका नानीसमेतलाई बाहिर निस्कन नदिएर जिउँदै आगो लगाएर गरेको हत्याको बर्बरता गौरभन्दा कम थियो त ? सुतिरहेको शिक्षक मुक्तिको हत्या होस् वा सोलुखुम्बु तिंगलाका ललितबहादुर खड्कालाई माइकिङ गरेर मार हानेर गरेको हत्या होस्, अनेकन उदाहरण छन् । यस्तो त क्रान्तिकारीले होइन भारतको चुम्बल घाँटीका कुख्यात डाकाले पनि गरेको सुनिएको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)