मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गौरीघाट-गुह्येश्वरी पुल पुनःनिर्माण सम्पन्न

hamrakura.com · Wed Oct 08 00:00:00 GMT 2025

काठमाडौँ। पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण सम्पन्न भएको छ। पुल निर्माणमा आधुनिक सामग्री प्रयोग गर्न खोजिएपछि पुरातत्व विभागले रोक्दा अलपत्र परेको पुल पुरानै स्वरूपमा बनाउन काठमाडौँ महानगरपालिका सहमत भएको थियो।

काठमाडौँ महानगरपालिकाले ठेक्का गरी भत्काएको करिब सात महिनासम्म पनि पुलको काम अघि बढ्न सकेको थिएन। विश्वसम्पदा क्षेत्रमा निर्माण गर्दा अपनाउनुपर्ने मापदण्डविपरीत निर्माण व्यवसायीले आधुनिक निर्माण सामग्री प्रयोग गर्न खोजेपछि पुरातत्व विभागले पुरानै स्वरूपमा बनाउनुपर्ने भन्दै निर्माण रोकेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)