मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

शेयर लगानीकर्ताका १८ बुँदे माग धितोपत्र बोर्डले पुरा गर्ला ?

aarthiknews.com · Thu Sep 23 00:35:00 GMT 2021

काठमाडौं । पुँजी बजारमा सुधार संघर्ष समितिका माग सम्बोधन गर्न धितोपत्र बोर्ड सहमत भएको छ । बुधबार आन्दोलनरत संघर्ष समिति र धितोपत्र बोर्डबीच भएको छलफलमा माग सम्बोधन गर्ने सहमति भएको समितिले जनाएको छ ।

लगानीकर्ताहरुले १८ बुँदे माग राखेर विगत ११ दिनदेखि आन्दोलनमा उत्रेका थिए । धितोपत्र बोर्डले आफ्नो क्षेत्राधिकारभित्र पर्ने विषय सम्बोधन गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका संयोजक रोहन कार्कीले बताएका छन । अन्य निमयनकारी निकायसँग पनि समन्वय गरेर कामकारबाही अघि बढाउने बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)