‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शनसँगै सकियो ‘ओल्ड इज गोल्ड’ फिल्म प्रदर्शन
ratopati.com · Wed Aug 12 15:01:24 GMT 2026

काठमाडौँ । ऐतिहासिक नेपाली चलचित्र प्रदर्शन शृङ्खला ‘ओल्ड इज गोल्ड’ बुधबार फिल्म ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शनसँगै सकिएको छ । प्रदर्शन अघि वर्षौँअघिका फिल्म फेरि ठुलो पर्दामा फर्काउँदा दर्शक आउलान् त ? भन्ने प्रश्न थियो । तर सात दिनपछि भएको प्रदर्शनमा सबै शोले उल्लेख्य दर्शक पाएको छ ।
‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शनसँगै ‘ओल्ड इज गोल्ड’को शृङ्खला सकिएको छ । समापन कार्यक्रममा वरिष्ठ कलाकार शिव श्रेष्ठ, सन्तोष पन्त, हरिहर शर्मा, शकुन्तला शर्मा, टिका पहारी, सुष्मा शाही, निर्देशक लक्ष्मीनाथ शर्मा तथा नेपाली चलचित्र क्षेत्रकी पहिलो व्यावसायिक हेयर ड्रेसर प्रभा ढकाललगायतको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)