प्रेरक प्रसंग : मिहिनेतमाथिको विश्वास
nayapatrikadaily.com · Tue Jan 16 00:11:00 GMT 2024
उहिल्यै हाम्रै मधेशको एउटा गाउँमा आँपको ठूलो बगैँचा थियो । बगैँचानजिकै घना जंगल थियो । जंगलमा बाँदरको एउटा ठूलै समूह बस्थ्यो । आँप खाने मौसममा तिनले हरेक वर्ष बसाइँ सरेजस्तै गरी आँपको बगैँचामै डेरा जमाउँथे । बगैँचाका मालिकले बाँदरबाट आँप जोगाउन पहरेदारहरू नियुक्त गरेका थिए । तिनीहरू हातहातमा गुलेली र मट्यांग्रा लिएर बगैँचाको गस्ती गरिरहन्थे । बाँदर देख्नासाथ उनीहरू निसाना साधिहाल्थे । आँप खाने धुनमा रहेका बाँदरले आँप कम, मट्यांग्राको चोट बढी भेट्थे ।
एक दिन बाँदरको सरदारले समूहको भेला बोलायो । सबै उपस्थित भइसकेपछि उसले भन्यो– साथीहरू, हामीले बगैँचामा पसेर आँप खान खोज्दा मानिसले हामीलाई मट्यांग्राले हानेर घाइते बनाइरहेका छन् । दिनभरि प्रयास गर्दा पनि हामीले पेटभरि आँप खान पाइरहेका छैनौँ । उल्टै हाम्रै छोराछोरी, भाइभतिजा र आफन्त घाइते हुँदै गएका छन् । यसरी कतिन्जेल अरूको आँपको भर परिरहने ? अब हामीले आफ्नै आँपको बगैँचा किन नबनाउने ? यो जंगलको छेउमा एउटा ठूलै चउर छ । त्यहाँ मानिसले खेती गरेका पनि छैनन् । अब हामी सबैले त्यहाँ एउटा–एउटा आँपको कोया रोपेर आफ्नै बगैँचा बनाउनुप¥यो । यसमा तपाईंहरूको राय के छ ?
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)