‘प्रोबोनो’ कानूनी सेवालाई प्रवद्र्धन गर्न कानून व्यवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँः मन्त्री गौतम
barnanmedia.com · Wed Aug 12 14:58:40 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सबै नागरिकको न्यायमा सहज पहुँच ‘एक्सेस टु जस्टिस’लाई कानुन व्यवसायको संस्कृतिका रूपमा विकास गर्नेगरी सरकारले काम गरिरहेको बताएकी छन् ।
बुधवार काठमाडौंमा नेपाल कानुन व्यवसायी परिषद्को ३३ औँ स्थापना तथा आत्म मूल्याङ्कन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले आर्थिक रूपमा विपन्न नागरिकलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराउने तथा यसरी कानुनी सेवा दिने कानुन व्यवसायीको अभिलेख राखेर राज्यद्वारा सम्मान गर्ने प्रणालीको विकासबारे समेत मन्त्रालयमा छलफल भइरहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)