मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भोजपुरमा हराउँदै माटो–कमेरोले घर पोत्ने परम्परा, ग्रामीण पर्यटनको नयाँ आकर्षण बन्न सक्छ मौलिक वास्तुकला

tourismface.com · Wed Oct 14 04:43:22 GMT 2026

भोजपुर । आधुनिक रङरोगन र पक्की घरको विस्तारसँगै भोजपुरका गाउँबस्तीमा माटो तथा कमेरोले घर पोत्ने परम्परागत चलन क्रमशः हराउँदै गएको छ। कुनै समय दसैँको आगमनसँगै गाउँघरका घरआँगन सफा गर्ने, भित्तामा विभिन्न रङका माटो लगाउने र घरलाई नयाँ स्वरूप दिने चलन यहाँको जीवनशैलीको अभिन्न हिस्सा थियो। तर, अहिले बजारमा सहजै उपलब्ध हुने चुन र आधुनिक रङको प्रयोग बढेपछि यो मौलिक परम्परा ओझेलमा पर्न थालेको छ।

पर्यटनको दृष्टिकोणबाट हेर्दा भने भोजपुरमा हराउँदै गएको यही परम्परा ग्रामीण पर्यटन, सांस्कृतिक अनुभव र स्थानीय पहिचान प्रवर्द्धन गर्ने महत्त्वपूर्ण आधार बन्न सक्छ। गाउँघरको मौलिक वास्तुकला, परम्परागत घर सजाउने सीप, स्थानीय सामग्रीको प्रयोग र सामूहिक श्रमको संस्कृतिले भोजपुरलाई फरक पहिचानसहित पर्यटकमाझ चिनाउन सक्ने सम्भावना बोकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)