मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

nepalnews.com · Tue Jun 09 01:19:16 GMT 2026

तनहुँ। तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा नियमविपरीत निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले सबैमा आग्रह गरेको छ।

नगरपालिकाले सोमबार सूचना प्रकाशित गरी सडक अधिकार क्षेत्र तथा सडकपेटी अवरुद्ध हुने गरी बनाइएका पक्की संरचना, बरन्डा तथा टिनका संरचना हटाउन आग्रह गरेको हो। नगर कार्यपालिकाको यही जेठ २२ गतेको २३८ औँ बैठकको निर्णयअनुसार ३५ दिने सूचना जारी गरिएको इन्जिनियर अमृत केसीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)