मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगारीको असफलतापछि तरकारी खेतीबाट सफलता

gorkhapatraonline.com · Tue Jun 09 01:17:33 GMT 2026

सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरमकी ३७ वर्षीया जसो कुमारी महतोको जीवन केही वर्षअघिसम्म अनिश्चितता र चिन्ताले भरिएको थियो। परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर उहाँका श्रीमान् अरविन्द कुमार महतो दुई पटक वैदेशिक रोजगारीमा जानुभयो। तर सोचेअनुसार आम्दानी गर्ने अवसर नपाएपछि दुवै पटक निराश भएर घर फर्किनुपर्‍यो।

वैदेशिक रोजगारीबाट अपेक्षित सफलता नपाएपछि परिवारको भविष्य अन्योलमा परेको थियो। दैनिक खर्च चलाउनेदेखि बालबालिकाको पढाइ कसरी अगाडि बढाउने भन्ने चिन्ताले महतो दम्पतीलाई सताइरहन्थ्यो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय