मधेसमा हराउँदै ढोल बजाउने चलन
ratopati.com · Wed Oct 14 04:49:18 GMT 2026

सप्तरी । तराई मधेसमा दसैँमा ढोल (नगरा) बजाउने चलन लोपोन्मुख हुँदै गएको छ । घरआँगनमा ढोल बजेपछि मात्र दसैँ आएजस्तो लाग्थ्यो । अहिले दसैँमा ढोल बजाउन छोडेपछि दसैँ आएको जस्तै लाग्दैन सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी ९५ वर्षीया जशोधिया चौधरीले बताइन् ।
उनले भनिन्, “दसैँको सुरुआतसँगै घटस्थापनाकै दिनदेखि टोलटोलका प्रत्येक घरआँगनमा ढोल बजेको आवाज सुनेपछि दसैँ आएको भित्रैबाट महसुस हुन्थ्यो । अहिले प्रत्येक वर्ष दसैँ त आउँछ तर ढोल बजाउन कोही आउँदैन । ढोल बज्दा जुन दसैँको आनन्द आउँथ्यो, अहिले त्यो आनन्द महसुस हुँदैन । दसैँ आएको जस्तै लाग्दैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)