नेपालगन्जमा दशैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन
lokaantar.com

दशैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । शहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दशैँको उमङ्ग ल्याएको छ । नेपालगन्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन । एउटै टोलमा दुईतीनवटा मूर्ति स्थापना गरिएको छ ।
दशैँको बेला दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन बढेको स्थानीय अगुवा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए । 'मूर्ति पूजासँग जोडिएको आफ्नै धार्मिक मान्यता र परम्पराअनुसार घटस्थापनाका दिन स्थापना गरिएका मूर्तिहरूको सप्तमीका दिन मात्र आँखाको पट्टी खोलिन्छ । धार्मिक विश्वासअनुसार महिषासुर राक्षसको वध दुर्गा भवानीले सप्तमीका दिन नै गर्नुभएको हुनाले सोही दिन मूर्तिको आँखा खोल्ने परम्परा रहँदै आएको छ,' उनले भने, 'दशैँभरि भव्य पूजाआजा र दर्शनपछि विजयादशमीको भोलिपल्ट अर्थात् एकादशीका दिन यी मूर्तिहरूलाई नजिकैको राप्ती नदीमा लगेर भक्तिपूर्वक विसर्जन गरिन्छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)