छेपारे पहिरोको पीडा : न बच्यो सहारा, न रह्यो बास
nepalnews.com · Wed Oct 14 04:50:51 GMT 2026

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–३ छेपारेका १६ वर्षीय पुजन र १४ वर्षीय जीवन विश्वकर्माको आँखाबाट आँशु ओभाएका छैनन्। यही असोज ११ गते बिहान घरसँगै पहिरोमा पुरिएर बेपत्ता भएकी आमा कुमारी वली विश्वकर्माको सम्झनाले उनीहरूलाई दिनरात पिरोलिरहेको छ। आमाको शव समेत फेला नपरेपछि २६ असोजमा कुशको शव बनाएर दाहसंस्कार गरियो। अहिले दुवै दाजुभाइ आमाको किरियामा छन्।
परिवारको सुखद भविष्यको सपना बोकेर दुई वर्ष ६ महिना प्रयासपछि दुई महिनाअघि मात्रै रोजगारीका लागि ग्रिस पुगेका कुमारीका श्रीमान् ओमबहादुर विकले पत्नीको अन्तिम अनुहार समेत देख्न पाएनन्। दुई छोराले आमाको माया गुमाए। परिवारको सहारा बनेकी कुमारीको निधनले घरपरिवारलाई मात्रै होइन, सिङ्गो बस्तीलाई शोकमा डुबाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)