दसैँका लागि ल्याइएका साढे सात सय विद्युतीय गाडी मुस्ताङमै रोकिए
gorkhapatraonline.com · Wed Oct 14 04:58:25 GMT 2026

दसैँलाई लक्षित गरी चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट नेपाल भित्र्याइएका ठुलो सङ्ख्याका विद्युतीय सवारीसाधन (ईभी) उपल्लो मुस्ताङमै रोकिएका छन् । बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम–कोरला सडक क्षतिग्रस्त भएपछि सडक हिलाम्मे र जोखिमपूर्ण बनेको छ । त्यसका कारण लोमान्थाङ गाउँपालिका–४, नेचुङस्थित मुस्ताङ भन्सार कार्यालय तथा कोरला नाका क्षेत्र र आसपासका स्थानमा गरी साढे सात सयभन्दा बढी ईभी रोकिएका हुन् ।
कोरला नाका तथा भन्सार कार्यालयबाहेक लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङमा ४० वटा, जोमसोमस्थित ट्राफिक कार्यालयमा ३५ वटा, जोमसोम बसपार्कमा १२५ वटा र घाँसामा २५ वटा ईभी रोकिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)