कथा दिवसका चार स्रष्टा पुरस्कृत
rajdhanidaily.com · Wed Apr 03 23:27:15 UTC 2024

काठमाडौं । यो वर्षभरी विभिन्न कार्यक्रमको आयोजना गर्दै साहित्यिक पत्रकार संघले आफ्नो स्वर्ण महोत्सब मनाईरहेको छ । यसै क्रममा विभिन्न सम्मान तथा कथा बाचन गर्दै संघले काठमाडौंमा ४३औं कथा दिवस मनायो । कथाकार किशोर पहाडीको लघुकथा वाचनसँगै सो कार्यक्रम सुरु भएको थियो । कथा दिवसमा कथाकारहरू सत्या अधिकारी, ध्रुवराज थापा, मञ्जिला अनिल र शान्ता तिमिल्सिनाले आ–आफ्ना लघुकथा सुनाए ।
सो कार्यक्रममा यो वर्षको ‘मैनाली कथा पुरस्कार’ कथाकार नरेन्द्रराज पौडेललाई, ‘लोकप्रिया पुरस्कार’ साहित्यकार सिर्जना शर्मालाइ, ‘व्यथित काव्य डायस्पोरा सम्मान’ कवि खेमनाथ दाहाललाई र ‘व्यथित काव्य सम्मान’ कवि ठाकुर बेलवासेलाई प्रदान गरिएको छ । काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राडा.वासुदेव त्रिपाठीलगायतले सो सम्मान एवम् पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा पुरस्कार स्वरुप कथाकार पौडेललाई ५१ हजार रुपैयाँ र कदरपत्र प्रदान गरियो । यस्तै साहित्यकार शर्मालाई लोकप्रिया पुरस्कार स्वरुप १० हजार १ सय रुपैयाँ र कदरपत्र प्रदान गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)