आईपीएल : मुम्बईविरुद्ध पञ्जाबको सहज जित
pahilopost.com · Fri Apr 23 17:53:31 GMT 2021
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रवार भएको खेलमा पञ्जाब किङ्सले मुम्बई इण्डियन्समाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले मुम्बईमाथि ९ विकेटको सानदार जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १७ दशमलब ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)