थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने
ratopati.com · Wed Aug 12 15:53:46 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानवअधिकार अवस्थासम्बन्धी अध्ययन तथा अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन ग्रहण गर्दै कार्यान्वयन गराउने भएको छ ।
समितिको आज भएको बैठकको निर्णयअनुसार विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानवअधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन गर्न गठित उपमितिको प्रतिवेदनमाथि समितिका सदस्यबाट लिखित सुझाव माग गरी आगामी बैठकमा निर्णय गरिने जनाइएको छ । सांसद स्मृति सेन्चुरीको संयोजकत्वमा गठित उपसमितिले आज बैठकमा प्रतिवेदन पेस गरेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)