कुशको महत्व
gorkhapatraonline.com · Wed Oct 14 05:25:21 GMT 2026

भाइबहिनीहरू, हाम्रो वरिपरि पाइने धेरै वनस्पतिमध्ये कुश पनि महत्वपूर्ण वनस्पति हो । हेर्दा सामान्य देखिए पनि यसको धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व निकै ठुलो छ । नेपालमा विशेष गरी हिन्दु धर्मावलम्बीले देवकार्य, पितृकार्य, पूजा, जप, तप र विभिन्न संस्कारमा कुशको प्रयोग गर्ने गर्छन् ।
वैदिक परम्परा अनुसार कुशलाई पवित्र वनस्पति मानिन्छ । जन्मदेखि मृत्युसम्मका विभिन्न धार्मिक कार्यमा यसको प्रयोग गरिन्छ । पूजा गर्दा औँलामा कुशबाट बनाइएको औँठी लगाउने, यज्ञमा कुश बिछ्याउने तथा विभिन्न धार्मिक अनुष्ठानमा यसको उपयोग गर्ने चलन आज पनि कायम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)