ओमानलाई जित्दा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना
barnanmedia.com · Wed Oct 14 05:19:33 GMT 2026
काठमाडौं । रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङमा नेपालले क्रिकेट विश्वकप लिग २ मा मंगलबार घरेलु टोली ओमानलाई १ सय १३ रनले पराजित गरेको छ । यससँगै नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउको नजिक पुगेको छ ।
रोहितले ६१ रन बनाए भने करणले इनिङ्सको अन्त्यतिर १६ बलमा ४० रनको इनिङ्स खेलेपछि टस जितेको नेपालले मस्कटस्थित अल एमेरत क्रिकेट मैदानमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ६३ रन बनायो । नेपालले जबाफमा ओमानलाई ४० ओभरमै १ सय ५० रनमा अलआउट गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)