मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माटोले पुरिएर एक जनाको मृत्यु, एक जना घाइते

gorkhapatraonline.com · Wed Oct 14 05:37:20 GMT 2026

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१०, मेनरोडमा घरको जगबाट इँटा झिक्ने क्रममा माथिबाट माटो खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१०, पूर्वेलीटोलका ४५ वर्षीय किरण रानामगर रहेका छन् ।

मङ्गलबार साँझ सडकछेउमा रहेको घरको जगबाट निर्माण प्रयोजनका लागि इँटा झिक्ने क्रममा माथिबाट माटो खसेर उनीहरू पुरिएका थिए । घटनामा घाइते भएका मनहरी गाउँपालिका–६ का २७ वर्षीय रोशन श्रेष्ठको कम्मरमा चोट लागेको र उहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)