मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यूएईलाई हराउँदै त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे विजयी शुरुवात !

Ujyaaloonline.com · Thu Oct 19 00:49:53 GMT 2023

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालमा यूएईलाई ७ विकेटले हरायाे ।

यूएईले दिएकाे १ सय ४१ रनकाे लक्ष्य नेपालले १८ ओभर ५ मा ३ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । दुवै जना नटआउट रहे । बलिङतर्फ यूएईका निलन्श केसवानी र अली नसीरले १/१ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)