कांग्रेसले भन्यो -‘आवश्यकता अनुरूप तालमेल’
annapurnapost.com · Wed Mar 30 00:19:00 GMT 2022
काठमाडौं : सत्तारुढ दल कांग्रेसले स्थानीय निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन दलसँग तालमेल गर्ने भएको छ। केन्द्रीय कार्यसमितिको चार दिन चलेको बैठकले बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको निष्कर्ष निकालेको हो।
‘यद्यपि, यो अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय पार्टीले गरेको छ’, बैठकले गरेको निर्णयबारे जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले भने। संयमित र समन्वयकारी राजनीतिक व्यवहार अबको चुनावमा कांग्रेसले गर्नुपर्ने नेताले बताएका छन्। कांग्रेसले नेतृत्व गरिरहेको स्थानीय तहमा जनमुखी र प्रभावकारी कामका कारण पनि आगामी चुनावमा जित्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको निष्कर्ष बैठकले निकालेको प्रवक्ता डा. महतको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)