ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
sutranews.com · Wed Oct 14 05:35:48 GMT 2026

हेटौँडा । मकवानपुरको हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका८ गुम्बाचोकनजिक ग १ ख ९४२४ नम्बरको ट्रकले ना.४२ प ७२८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका९ का ५५ वर्षीय श्यामकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहान हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको हो । प्रहरीले मोटरसाइकल, ट्रक र ट्रक चालक सर्लाहीको धनकौल गाउँपालिका१ का ४४ वर्षीय नागेश्वर महतोलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)