मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेका प्रदेश सभा सदस्य थापाद्वारा राजीनामा

gorkhapatraonline.com · Wed Oct 14 05:46:31 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिनुभएको छ । मङ्गलबार बजेट पारित भएपछि उहाँले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिनुभएको हो । नेकपा (एमाले) का थापा नेपाली कांग्रेसका कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुनुहुन्थ्यो ।

आफ्नै पार्टीका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रस्तुत गर्नुभएको बजेटप्रति थापा असन्तुष्ट रहनुभएको बुझिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)