मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो

kendrabindu.com · Wed Oct 14 05:47:27 GMT 2026

हेटौँडा (मकवानपुर) । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो ।

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ९६४ जना मृत्यु भएका व्यक्ति छन् । सम्बन्धित वडा कार्यालयबाट प्राप्त मृत्यु दर्ताको विवरणका आधारमा उनीहरूको नाम हटाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)