बडा दशैँ : इतिहास, आस्था र अर्थतन्त्रको महापर्वविजयको प्रतीक, परम्पराको पहिचान
newsofnepal.com · Wed Oct 14 05:54:33 GMT 2026

काठमाडौं ।
नेपालीहरूको महान् चाड बडा दशैँ सुरु भएसँगै देशभर धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक उत्सवको रौनक छाएको छ । घरघरमा घटस्थापना गरी जमरा राख्ने, दुर्गा भवानीको पूजा गर्ने, शक्तिपीठमा दर्शन गर्ने र मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने परम्पराले नेपाली समाजलाई उत्सवमय बनाएको छ । हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्वका रूपमा परिचित दशैँ नेपालका विभिन्न जातजाति र समुदायमा पनि सामाजिक तथा सांस्कृतिक महत्वका साथ मनाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)