राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता सोमबार
gorkhapatraonline.com · Sat Mar 09 00:07:27 GMT 2024
गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २६ गते । राष्ट्रिय सभा अध्यक्ष पदका लागि यही फागुन २८ गते सोमबार उम्मेदवारी दर्ता हुने भएको छ । मतदान फागुन २९ गते मङ्गलबार हुने छ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले भन्नुभयो, “दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गर्दा फागुन २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)