चलचित्र प्रचारमा पुजा शर्माले साथ नदिँदा शोभित दुःखी
rajdhanidaily.com · Wed Apr 03 23:30:02 UTC 2024

काठमाडौं । चलचित्र निर्देशक शोभित बस्नेतले आफुलाई अभिनेत्री पुजा शर्माले चलचित्र प्रदर्शनको मुखमा साथ नदिएको बताएका छन् । शोभितको निर्माता निर्देशनमा चलचित्र ‘बद्री बहादुर’ यही २३ चैतबाट रिलिज हुँदैछ । यो चलचित्रको एउटा गीतमा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेतले अभिनय गरेका छन् । उनीहरुले पुलिस दाई भन्ने गीतमा अभिनय गरेका हुन् । चलचित्रको प्रदर्शन सँघारमा पुग्दा पनि पुजा र सलोन यो चलचित्रको कुनै पनि कार्यक्रममा उपस्थित भएका छैनन् । सोही कारण उनी यसका निर्देशका सोभित यतिबेला निराश भएका हुन् ।
शोभितले चलचित्र बद्री बहादुरको पोष्टरमा सोलन र पुजालाई महत्वका साथ राखेका छन् । तर चलचित्र बद्री बहादुरको ’boutमा आयोजित पत्रकार सम्मेलनदेखि अन्य कार्यक्रममा समेत पुजा र सलोन सहभागी भएका छैनन् । बुधबार चलचित्रको ’boutमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मीले यो विषयमा जिज्ञासा राख्दा शोभितले आफुलाई पुजा र सलोनले चलचित्रको प्रचार प्रसादमा साथ नदिएको बताएका छन् । यो विषयमा उनले भने,‘हाम्रो अनुरोधमा यो चलचित्रको एउटा गीतमा पुजा र सलोनले अभिनय गरिदिएका छन् । यो चलचित्रको प्रचार प्रसारमा उनीहरुले पनि सघाउँछन भन्ने आशा मैले लिएको थिएँ, तर उनीहरुले सघाएनन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)