मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बागमतीको ९७ प्रतिशत कर्जा सेवा र उद्योगमा, कृषिमा ३.३ प्रतिशत मात्रै

aarthiknews.com

काठमाडौं । बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको झन्डै ९७ प्रतिशत सेवा र औद्योगिक क्षेत्रमा केन्द्रित भएको छ । कृषि क्षेत्रमा भने कुल कर्जाको ३.३ प्रतिशत मात्रै प्रवाह भएको छ । त्यसमाथि, अघिल्लो वर्षको तुलनामा कृषि कर्जा घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा ३६ खर्ब २४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कर्जा ९.०७ प्रतिशतले बढेको हो । तर कर्जाको क्षेत्रगत वितरणले वित्तीय स्रोत कृषि र अन्य उत्पादनमूलक गतिविधिमा भन्दा सेवा, व्यापार तथा औद्योगिक क्षेत्रमा बढी केन्द्रित रहेको देखाउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)