किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न महासचिव पोखरेलको माग
ratopati.com · Wed Aug 12 16:37:43 GMT 2026

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्नु पूर्ण रूपमा गैरकानुनी र प्रेस स्वतन्त्रता विरोधी कदम भएको बताएका छन् । बुधबार जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।
महासचिव पोखरेलले श्रेष्ठमाथिको गैरन्यायिक र प्रतिशोधपूर्ण गिरफ्तारीको कडा विरोध गरेका छन् । उनले समाचारका स्रोत वा विषयवस्तुमा असहमति हुँदा खण्डन गर्ने, प्रेस काउन्सिल जाने वा कानुनी उपचार खोज्ने बाटो खुला रहेको बताउँदै श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रता विरोधी कदम भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)