मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंक-व्यवसायी द्वन्द्व

annapurnapost.com · Wed Apr 05 00:32:53 GMT 2023

व्यापार व्यवसाय ओरालो लागेको छ। महँगीचाहिँ उकालो लागिरहेको छ। व्यापार व्यवसाय र उद्योगधन्दा चल्न मुस्किल परिरहेको छ। त्यसैको नकारात्मक असर बैंक, वित्तीय संस्थाहरूमा परिरहेको छ र, तिनीहरूको खराब कर्जाको मात्रा क्रमशः बढ्दैछ। बैंक तथा वित्तीय संस्थाहरूकोे निष्क्रिय कर्जा (एनपीएल) गत पुससम्म औसतमा २.६३ प्रतिशत पुगेको छ। जबकि गत वर्षको सोही अवधिमा १.३१ प्रतिशत मात्रै थियो। उद्योग व्यवसाय चल्न नसकेपछि तिनले कर्जा फिर्ता गर्न सकेका छैनन्। व्यवसायी र उद्योगीहरू अहिले बैंकको ब्याजदर चर्काे भएको भन्दै असन्तुष्ट मात्रै होइन आक्रोशित छन्, बैंकहरूसँग द्वन्द्व बढेको छ।

त्यसैको परिणाम कतिपय उच्छृंखल गतिविधि पनि देखिँदा त्यो कतै अनिष्टको संकेत त होइन भन्ने त्रास उत्पन्न हुन खोजेको छ। यसै बेला अमेरिका र युरोपमा केही बैंकहरू टाट पल्टिइसकेका छन्। बैंक, वित्तीय संस्थाको आधार भनेको बचतकर्ताहरूको विश्वास हो, वास्तवमा उनीहरू बचतकर्ताहरूको विश्वासले चलेका हुन्छन्। अफवाहकै भरमा त्यो विश्वास डग्मगाउँदा अमेरिकाका सिलिकन भ्यालीलगायत बैंकहरूबाट बचतकर्ताले पैसा झिके र ती संकटमा परे। नेपालमा केही ठूला ऋणीहरू बैंकहरूविरुद्ध आन्दोलित हुँदा त्यसको नकारात्मक असर पर्न सक्ने खतरा छ। लिएको ऋण नतिर्न लबिङइ र आन्दोलन कुत्सित मानसिकताबाट ग्रस्त देखिन्छ। बैंकहरूले व्यवसायी र उद्योगीलाई सहजीकरण गर्नुपर्छ र व्यवसायी तथा उद्योगीले पनि ऋण तिर्न व्यवस्थापन गर्नुपर्छ। ऋण दिएरमात्रै बैंक वित्तीय संस्थाको कर्तव्य पूरा हुँदैन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)