कोशी प्रदेशको नाम खारेज गरी ‘किरात’ राख्न मागसहित १९ बुँदे घोषणापत्र जारी
ratopati.com · Wed Oct 14 06:05:05 GMT 2026

विराटनगर । किरात राई यायोक्खाको १२ औँ राष्ट्रिय महाधिवेशन १९ बुँदे विराटनगर घोषणा–पत्र जारी गरेको छ । २०८३ असोज २३ देखि २७ गतेसम्म विराटनगरको वीरेन्द्र सभागृह र मनास्लु होटलमा सञ्चालन भएको उक्त महाधिवेशनले प्रदेश नम्बर १ को नाम किरात राख्नेदेखि भाषा, संस्कार, र संस्कृतिको संरक्षणलगायतका विषयमा गम्भीर छलफल गरेको थियो। असोज २८ गते जारी गरिएको यस घोषणापत्रमार्फत प्रदेशको नाम कोशी संशोधन गरी साझा नाम ुकिरातु पुनस् नामकरण गर्न महाधिवेशनले माग गरेको छ।
संस्थाले प्रदेश सरकारले बान्तावा, चाम्लिङ र राई लगायतका १३ भाषालाई प्रदेशको कामकाजको भाषा तथा ती भाषाहरू किरात लिपिमा प्रयोग हुने विधेयक पारित गरेकोमा प्रदेश सरकार र सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)