मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो, सांसदहरूद्वारा गम्भीर छानबिनको माग

clickmandu.com · Wed Oct 14 06:14:18 GMT 2026

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलविरुद्ध ‘स्वार्थको द्वन्द्व’ तथा आर्थिक अनियमिततालगायतका विषयमा गम्भीर प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिले उनको अनुमोदन प्रक्रिया तत्कालका लागि रोकेको छ। समितिले खरेलमाथि लागेका आरोपबारे थप अध्ययन र प्रमाण जुटाउन भन्दै सुनुवाइ प्रक्रियालाई केही समयका लागि ‘होल्ड’ गर्ने निर्णय गरेको हो।

समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया रोकेर हाल समितिभित्र आन्तरिक छलफल भइरहेको बताए। उनले प्राप्त कागजातहरूको अध्ययनपछि आवश्यक परे खरेललाई पुनः समितिमा बोलाइने जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)