रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
nepalnews.com · Wed Aug 12 16:51:47 GMT 2026

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक जहाज कब्जा गरे त्यसको जवाफमा रूसले पनि प्रतिशोधात्मक कदम चाल्ने चेतावनी दिएका छन् ।
प्रशान्त महासागरमा रूसी नौसेनाको अभ्यासको अन्तिम चरणका क्रममा बुधबार बोल्दै पुटिनले केही देशका अधिकारीले अन्तरराष्ट्रिय समुद्री कानुन उल्लङ्घन गर्दै रुसी आर्थिक संस्थाका जहाज तथा अन्य शान्तिपूर्ण पानीजहाजको आवागमनमा अवरोध सिर्जना गर्न खोजेको बताए । “यदि उनीहरूले हाम्रा जहाज कब्जा गर्छन् भने हामी पनि त्यस्तै गर्नेछौँ,” पुटिनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)