आज मध्यरातिदेखि आन्तरिक उडान बन्द, बुधबारदेखि अन्तर्राष्ट्रिय उडान पनि रोकिने
nepallive.com · Mon May 03 01:50:00 GMT 2021
काठमाडौं – सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। आन्तरिक हवाई उडान सोमबार मध्यरातिदेखि तथा अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द हुने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार हवाई उडान बन्द गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)