मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रेखाको पछि-पछि भुवन, संयोग मात्रै कि टक्कर दिने रणनीति ?

kendrabindu.com · Wed Oct 14 06:26:31 GMT 2026

काठमाडौं । नेपाली फिल्मी क्षेत्रकी चर्चित अभिनेत्री एवं फिल्म निर्माता रेखा थापाले आफ्नो चलचित्र ‘३६ को आँकडा’को गीत ‘बहुलाउँछु कि क्या हो’ यही दशैंकाे घटस्थापनाको दिन सार्वजनिक गरिन्। उनले गीत सार्वजनिक गर्नेबारे केही दिनअघि नै सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बिहान ११ बजेर ११ मिनेटमा सार्वजनिक गर्ने घोषणा गरेकी थिइन्। सोही समयमा अर्का चर्चित अभिनेता तथा फिल्म निर्माता भुवन केसीको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘बाटुलो जुन’को गीत ‘मेरो मन चोर्‍याै सुटुक्कै’ पनि सार्वजनिक भयो।

रेखाले ‘बहुलाउन तयार हुनुहुन्छ?’ भन्दै प्रचार गरिरहँदा भुवनले पनि गीतको बोलसहित सार्वजनिक समय उल्लेख गरेका थिए। समय र प्रचारशैली मिलेपछि भुवनले रेखाको योजना पछ्याएका हुन् कि यो संयोग मात्रै हो भन्ने चर्चा त्यहीँबाट सुरु भयो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)