दाङमा नदिमा डुबेर २ युवक वेपत्ता
rajdhanidaily.com · Mon Jul 14 23:35:19 GMT 2025

दाङ । पश्चिम दाङमा बबई नदिमा डुबेर दुइजना युवक बेपत्ता भएका छन् । वेपत्ता हुनेमा तुलसीपुर उपमहानगरपालिका– ७ झुमरे निवासी १७ वर्षका विधान केसी र तुलसीपुर–५ न्यु ज्ञानज्योति स्कुल नजिकै बस्ने १८ वर्षका कुशल बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।
बबई गाउँपालिका–५ छहरा नजिकै बबई नदिमा नुहाउने क्रममा दिउसो साढे २ बजे दुई युवक डुबेर वेपत्ता भएका थिए । उनिहरुको खोजी कार्य जारी रहेको छ । दुइ युवा छहरा हेर्ने भन्दै बिहान घरबाट निस्कीएका थिए । दुबैजना कलेजका साथी भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)