मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावी प्रचार आजदेखि

ekantipur.com · Thu Nov 03 00:44:11 GMT 2022

काठमाडौँ — दलका शीर्ष नेताहरू चुनावी प्रचारका लागि देश दौडाहामा निस्कन थालेका छन् । निर्वाचन आचारसंहिताअनुसार बिहीबारदेखि मंसिर १ सम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने भएपछि दलका प्रमुख नेताहरू चुनावी प्रचारमा निस्केका हुन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नै सुदूरपश्चिम प्रदेश गएका छन् । उनले सरकारी स्रोत–साधन प्रयोग नगर्ने गरी धनगढी हुँदै डडेलधुरा जान आयोगबाट अनुमति लिएका छन् ।

त्यस्तै एमाले अध्यक्ष केपी ओलीले मुख्य प्रचारकका रूपमा हेलिकोप्टर प्रयोग गर्न आयोगबाट बुधबार अनुमति लिएका छन् । एमालेले ओली मुख्य प्रचारक भएको भन्दै आयोगसँग हेलिकोप्टर प्रयोगका लागि सहमति मागेको थियो । आयोगले मागअनुसार सहमति दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)