सीजेपी नेता पक्राउको विषयमा कड्किए राहुल गान्धी, भने–‘जन्तरमन्तर जनताको हो’
ratopati.com · Wed Oct 14 06:45:54 GMT 2026

नयाँदिल्ली । भारतको विपक्षी दल कांग्रेसका नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले कक्रोज जनता पार्टी (सीजेपी) का नेता सौरव दास र आशुतोष रांकालाई पाँच दिनको न्यायिक हिरासतमा पठाइएको घटनाको निन्दा गरेका छन् । उनले शान्तिपूर्ण प्रदर्शनमा राष्ट्रिय झन्डा फहराउनु अपराध नभएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै गान्धीले राष्ट्रिय झन्डा फहराएको कारण युवालाई जेलमा राख्नु कायरतापूर्ण कार्य भएको बताए । विद्यार्थी, युवा, पत्रकार र विपक्षी गठबन्धनका विभिन्न समूहले नागरिकका संवैधानिक अधिकारको माग गरिरहेको उल्लेख गर्दै उनले दिल्लीको जन्तरमन्तर जनताको विरोध प्रदर्शन गर्ने ठाउँ भएको र त्यसलाई पुनः जनताले प्रयोग गर्ने वातावरण बनाइने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)