सेयर माफियाका मतियार अर्थमन्त्री !
ekagaj.com · Wed Sep 08 16:50:12 GMT 2021
काठमाडौँ– पछिल्लो एक वर्षमा सेयर धितोमा कर्जा प्रवाह ११० प्रतिशतले बढेर एक खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । कोभिड–१९ महामारीका कारण लगानीका अन्य क्षेत्र संकुचित हुँदा लगानीकर्ता सेयर बजारमा स्वभाविक रूपमा आकर्षित भए । साना–मझौला लगानीकर्ता समेतको सहभागिता बढ्न थालेपछि बजार उकालो लाग्यो, पछिल्लो एक वर्षमा देशको एकमात्र सेयर बजारको इन्डेक्सले नयाँ–नयाँ रेकर्ड बनाउँदै भदौ २ मा ३,१९८.६० बिन्दूमा पुग्यो । मार्जिन प्रकृतिका कर्जा ९० प्रतिशत सेयर बजारमै लगानी भएको अनुमान गरिएको छ । कर्जा वृद्धिको रफ्तारसँगै बजार बढ्ने रफ्तार पनि तीव्र बन्यो ।
नेपाल राष्ट्र बैंकका अनुसार, एक करोड माथिका कर्जा मात्रै ७३ अर्ब ५३ करोड रुपैयाँ छ र आर्थिक वर्ष २०७७–७८ मा मात्रै १३३ प्रतिशतले बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)