मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फुटबल संघका पूर्व अध्यक्ष कर्मा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

hamrakura.com · Wed Oct 14 00:00:00 GMT 2026

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

काँग्रेसको १५औँ महाधिवेशनमा शेर्पा आदिवासी जनजाति क्षेत्रबाट केन्द्रीय सदस्यमा निर्वाचितभएका हुन् । आदिवासी जनजाति क्षेत्रबाट शेर्पासँगै १२ जना सदस्य पदमा निर्वाचित भएका छन् । यस विधामा ४१ जनाले चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)